Sunday, August 7, 2016

खाद्यको बिक्री कक्ष स्थापनाको तयारी

काठमाडाँै, २३ साउन । नेपाल खाद्य संस्थानले सिंहदरबारभित्र खाद्य बिक्री कक्ष स्थापना गर्ने तयारी गरेको छ ।

सिंहदरबारभित्रका निजामति कर्मचारीलाई संस्थानका गुणस्तरीय खाद्य सामग्री बिक्री वितरण गर्नका लागि बिक्री कक्ष स्थापना गर्न लागिएको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी दिनुभयो । संस्थानले अहिले सिंहदरबारभित्र बिक्री कक्ष स्थापनाका लागि ठाउँ खोजिरहेको छ ।

“दसँै अगाडि नै बिक्री कक्ष सञ्चालन गछौँ,” उहाँले भन्नुभयो । कर्मचारीका लागि संस्थानले सिहदरबारभित्र बासमतिको ब्राउन, जिरामसिना, उसिना मोटा, कर्णालीको सिमी, फापर जस्ता खाद्य सामाग्री राख्ने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts