पोखरा, २६ साउन । सञ्चारिका समूह पश्चिमाञ्चलले प्रदान गर्ने ‘सञ्चारिका महिला पत्रकारिता पुरस्कार २०७३’ बाट यस वर्ष पत्रकार बसन्ती बाँस्तोला र ‘गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अर्वाड २०७३’ बाट भवानी अधिकारी सम्मानित हुने भएका छन् ।
पत्रकारिताको संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशील भएको भन्दै अग्रज पत्रकार बद्र्रीविनोद प्रतिकको संयोजकत्वमा बसेको पाँच सदस्यीय प्रतिभा छनौट समितिले आज संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशिलताको आधारमा कास्कीका पत्रकार बाँस्तोला र स्याङ्जाका पत्रकार अधिकारीलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
सञ्चारिका महिला पत्रकारिता पुरस्कारको राशि रु २० हजार १११ र सम्मानपत्र तथा
गुरुङ ब्यूटी एकेडेमी जर्नालिज्म अर्वाड २०७३ को राशि रु १० हजार १११ रहेको छ ।
बाँस्तोला कान्तिपुर दैनिक पोखरा र अधिकारी अन्नपूर्ण पोष्ट स्याङ्जाका संवाददाताका रुपमा कार्यरत हुनुहुन्छ ।
दुवै पुरस्कार आगामी भदौ १४ गते एक समारोहकाबीच वितरण गरिने सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना वर्षा शर्माले बताउनु भयो । रासस
No comments:
Post a Comment