अर्घाखाँची, २१ साउन । अर्घाखाँचीको खिल्जी गाविसमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ ।
खिल्जी गाविस– १ बस्ने ६४ वर्षीय बिनबहादुर खप्तडीको खेतमा पानी लगाएर फर्कने क्रममा घर नजिकै अरिङ्गालले चिलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताउनुभयो ।
अरिङ्गालले चिलेर गम्भीर घाइते भएका खप्तडीलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । रासस
No related posts.
No comments:
Post a Comment