Friday, August 5, 2016

भिरबाट लडेर मृत्यु

बैतडी, २१ साउन । घाँस काट्ने क्रममा भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार मृन्यु हुनेमा रायल– ६ की २१ वर्षीया बेलदेवी विष्ट रहेकी छन ।

विष्टको बिहीबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय कुन्न भिरबाट लडेर घटनास्थलमा नै मृत्यु गएको हो प्रहरी नायब उपरीक्षक चन्दले रासससँग भन्नुभयो “भिरबाट लडेर ज्यान गयो भन्ने समाचार छ, यसबारे थप बुभm्दैछु” मृतकका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts