Tuesday, August 9, 2016

भिरबाट खसेर वृद्धको मृत्यु

वालिङ, २५ साउन । स्याङ्जाको कालिकाकोटमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार कालिकाकोट–१ बस्ने ६५ वर्षीय यामकान्त डुम्रेको ज्यान गएको हो ।

आज बिहान खरबारीमा घाँस काट्ने क्रममा एक्कासि लडेका डुम्रे झन्डै ५० मिटर तल खस्नुभएको प्रहरीले जनाएको छ । डुम्रेको घटनास्थलमा नै मृत्यु भएपछि शव परीक्षणका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts