Tuesday, August 9, 2016

आदिवासीको अधिकार सुनिश्चित हुनुपर्ने

विराटनगर, २५ साउन । आदिवासी जनजातिका अगुवाले आफ्नो हकअधिकार अझै सुनिश्चित हुन नसकेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ मोरङद्वारा आज २२औँ विश्व आदिवासी दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा वक्ताहरुले नयाँ संविधानले समेत आपूmहरुका मागलाई पूर्णरुपमा सम्बोधन गर्न नसकेको दाबी गरेका छन् ।

सो अवसरमा तमु ह्युला छोँ धि मोरङ्का अध्यक्ष मनकुमार गुरुङले आदिवासीको हकअधिकारलाई नयाँ संविधानमा पनि समेट्न नसकेको उल्लेख गर्दै हकअधिकारको कुरा उठाउँदा आपूmहरुलाई बिखण्डनकारीको आरोप लगाइने गरेको बताउनुभयो ।

ताजपुरिया कल्याण परिषद्का अध्यक्ष नारायण ताजपुरियाले नवगठित सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै समय आदिवासीका माग तीव्ररुपमा उठाएकाले अहिले सरकारमा आएपछि उहाँले के गर्नुहुन्छ भन्ने हेर्न बाँकी रहेको विचार प्रकट गर्नुभयो ।

यसअघि संसारीमाई स्थानबाट आदिवासी जनजातिले झाँकीसहितको ¥याली निकालेर बजारको परिक्रमा गरी कार्यक्रम स्थलमा पुगेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts