Tuesday, August 9, 2016

इनारभित्र काकाभतिजोको मृत्यु

लहान, २५ साउन । इनारभित्र झरेको बाल्टिन निकाल्ने क्रममा निस्सासिएर सिरहाको धनगढीमाई नगरपालिका–१२ मा आज काकाभतिजोको मृत्यु भएको छ ।

आफ्नै खेतमा रहेको इनारबाट पानी झिक्ने क्रममा इनारभित्र झरेको बाल्टिन निकाल्न इनार गएका स्थानीय जागेश्वर मण्डल र उहाँका काका रामविलास मण्डलको निसासिएर मृत्यु भएको हो ।

इनार तल गएका जागेश्वर बाहिर नआएपछि उहाँलाई हेर्न भनि गएका काका रामविलाशको समेत निस्सासिएर इनारभित्रै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts