Tuesday, August 2, 2016

राहदानीबाट रु छ अर्ब राजस्व

काठमाडौँ, १८ साउन । आव २०७२÷७३ मा राहदानीबाट रु ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

राहदानी विभागबाट रु दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रु एक अर्ब २६ करोड ६० लाख ७० हजार राजस्व सङ्कलन भएको विभागका निर्देशक रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । सरकारले आठ लाख ७० हजार ३४६ मेसिन रिडिएवल पासपोर्ट ९एमआरपी० राहदानीबाट सो राजस्व सङ्कलन गरेको हो ।

विभागले दुई लाख ६९ हजार ९४४, जिल्लाबाट चार लाख ७३ हजार ७९५ र कुटनीतिक नियोगबाट एकलाख २६ हजार ६०७ राहदानी वितरण गरेको थियो । भूकम्प र नाकाबन्दीका कारण अघिल्लो आवको तुलनामा गत आवमा राहदानी लिनेको सङ्ख्या घटेको बताइको छ । गत आवमा १३ लाख ३७ हजार ८३८ व्यक्तिले राहदानी लिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts