Tuesday, August 2, 2016

गाउँपालिकाको सीमाङ्कन कार्य स्थगन

धुन्चे (रसुवा), १८ साउन । दुई नेतामाथि कुटपिट भएपछि गाउँपालिकाको सीमाङ्कन कार्य स्थगन भएको छ ।

स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार सीमाङ्कनका विषयमा सुझाव दिने र लिने क्रममा नेपाली काँग्रेस र नेकपा (एमाले)का दुई नेता क्रमशः जनकजीवन उपाध्याय र माधव अर्यालमाथि यही साउन १५ गते कुटपिट भई विवाद उत्पन्न भएपछि गाउँपालिकाको सीमाङ्कनसम्बन्धी सबै कार्य स्थगन गरिएको हो ।

साउन १६ र १७ गते तनावग्रस्त धुन्चे बजार आज अपराह्नदेखि केही शान्त भएको छ । बन्द यातायातसमेत फाटफुट रुपमा चलेको यातायात व्यवसायीले बताएका छन् ।

नयाँ सीमाङ्कनमा गाउँपालिका धुन्चेमा कायम गर्नुपर्ने स्थानीय माग रहेको र कसैमाथि व्यक्तिगत रिसइबी नभएको आन्दोलनका पक्षधरले बताएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts