Friday, August 5, 2016

विद्युत्को तार व्यवस्थापन गरिने

काठमाडौँ, २१ साउन । सहरी सौन्दर्य र स्वास्थ्यलाई ख्याल गर्दै काठमाडौँ महानगरपालिकाले हाल बाहिर छरिएर रहेका विद्युत्को तार भूमिगत रुपमा राखी व्यवस्थापन गर्ने भएको छ ।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार राजधानी सहर सुन्दर हुनुपर्ने भए पनि विद्युत् र टेलिफोनको तारका कारण थप अव्यवस्थित देखिएकाले व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

प्रवक्ता कार्कीका अनुसार एउटै खम्बामा टेलिफोन, विद्युत् र केबलका तार बाहिर नै राख्दा समयसमयमा विभिन्न किसिमका दुर्घटनाको सामना गर्नुपरेकाले त्यसलाई कम गर्नका लागि उक्त कार्य सुरु गर्न लागिएको हो । “सहरलाई व्यवस्थापन गर्ने हो भने केबल प्रदायक सङ्घसंस्थाले नै बाहिर देखिएका सबै तारलाई जमिनमुनि राखेर व्यवस्थापन गर्न अत्यन्तै आवश्यक भइसकेको छ– कार्कीले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts