Friday, August 5, 2016

दुवै पार्टीलाई चाँडै एकता गर्न सहमत

काठमाडौँ, २१ साउन । राप्रपा र राप्रपा नेपालका शीर्षस्थ नेतृत्व दुवै पार्टीलाई चाँडै एकता गर्न सहमत भएका छन् ।
राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच आज भएको पार्टी एकतासम्बन्धी बैठकमा मेलमिलापको प्रक्रियालाई छिट्टै टुङ्गोमा लैजान सहमति भएको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
बैठकमा राप्रपा नेपालका अध्यक्ष थापाले दुवै पार्टीको एकीकरण अगाडि राप्रपालाई सरकारमा नजान आग्रह गर्नुभयो । राप्रपाका अध्यक्ष राणाले भने एकताको प्रक्रिया र सरकारमा सहभागी हुने विषय फरक भएको र पार्र्टीले सरकारमा सहभागिता जनाउने निर्णय गरिसकेकाले त्यसलाई अन्यथा लिन नहुने बताउनुभयो ।
पार्टी एकताका लागि अन्तरिम विधान अन्तिम चरणमा पुगेको बताइएको छ । एकता प्रक्रिया पूरा हुन गाउँ, नगर र क्षेत्र हुँदै करिब चारदेखि छ महिनाको समय अवधि लाग्ने जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts