Saturday, August 20, 2016

मुलुकमा संवैधानिक दुर्घटनाको खतरा छ : अध्यक्ष थापा

काठमाडौँ, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अबको डेढ वर्षभित्रमा तीनवटा निर्वाचन हुन नसकेमा मुलुकमा संवैधानिक दुर्घटनाको खतरा रहेको बताउनुभएको छ ।

पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले देशलाई संवैधानिक सङ्कटबाट बचाउन पूर्ववर्ती सरकारले स्थानीय तहका लागि तय गरेको तालिकाअनुसार मङ्सिरमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले राप्रपासँग एकीकरण हुन नसके पनि उक्त पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न थालेको जानकारी गराउँदै राष्ट्रिय अखण्डता र नेपालीको स्वाभिमानलाई संरक्षण गर्न राप्रपा नेपाल दृढताका साथ अगााडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा राप्रपाका सहायक महामन्त्री हेमराज गुरुङ, सोही पार्टीको लमजुङ जिल्ला कमिटीका सबै पदाधिकारी तथा विभिन्न राजनीतिक दल परित्याग गरी आएका करिब ५०० जनालाई अध्यक्ष थापाले पार्टी प्रवेश गराउनुभयो ।

राप्रपाका सहायक महामन्त्री गुरुङ उक्त पार्टीमा प्रवेश गरेपछि सङ्गठनको आदर्श तथा निष्ठालाई उचाइमा पु¥याउने बताउँदै देशभर सङ्गठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts