काठमाडौँ, १७ साउन । नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले शैक्षिक क्षेत्रका विभिन्न माग गर्दै शिक्षा मन्त्रालयलाई आज १७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहको नेतृत्वमा गएको टोलीले निमित्त शिक्षा सचिव डा लवदेव अवस्थीलाई शिक्षा क्षेत्रका विकृति अन्त्य गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा निजी स्कुल, निजी कलेज, मेडिकल कलेज, इन्जिनियरिङ कलेज, सिटिइभिटी र विश्वविद्यालयमा वृद्धि गरिएको चर्को शुल्क तत्काल खारेज गर्नुपर्नेलगायतका माग उल्लेख छन् । ज्ञापनपत्र बुझदै डा अवस्थीले माग जायज भएकाले आफूले पूरा गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । रासस
No comments:
Post a Comment