चितवन, १९ साउन । एभरेस्ट क्लबको आयोजनामा यहाँ सम्पन्न तेस्रो चितवन च्याम्पियनसीप फुटबलको उपाधि महेन्द्र दल गणले प्राप्त गरेको छ ।
प्रहरी जुनियर शिक्षालय भरतपुरको खेल मैदानमा आज सम्पन्न फाइनलमा हरि स्मृति क्लब दिव्यनगरलाई ५–० ले पराजित गर्दै महेन्द्र दलले उपाधि प्राप्त जितेको हो ।
आज भएको फाइनल खेलमा आर्मीका शिव थापाले ह्याट्रिक गरे । उनले खेलको चौथो, दोस्रो हाफको २९ औँ र ३९ औँ मिनेटमा गोल गर्दै हट्रिक गरे । त्यस्तै पाँचौँ मिनेटमा सन्तोष नेपाली र ४७ औँ मिनेटमा शक्ति धिमालले एक÷एक गोल गरेका थिए ।
प्रथम हुनेले रु एक लाख २१ हजार १२१ र दोस्रो हुने एभरेस्ट क्लबले रु ५५ हजार ५५५ तथा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमिफाइनलबाट बाहिरिने दुई टोलीलाई रु १०÷१० हजार नगद प्रदान गरिएको छ ।
प्रतियोगिताको उत्कृट खेलाडी नेपाली सेनाका सन्तोष नेपाली, उत्कृष्ट किपर नेपाली सेनाकै दिनेश कार्की, उत्कृष्ट डिफेन्डर एभरेस्टका आशिष गुरुङ, सर्वाधिक गोलकर्ता एभरेस्टका देव गुरुङ र उत्कृष्ट मिडफिल्डर एभरेस्टका मनिष आले घोषित हुँदै जनही रु पाँच हजार प्राप्त गरे ।
नेपाली सेनाका मध्य पृतनापति देवकुमार सुवेदी, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह र प्रहरी जुनियर शिक्षालयका समादेशक प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्दले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार एवम् पदक प्रदान गर्नुभयो ।
एभरेस्ट क्लब चितवनको आयोजनामा यही साउन १ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता थियो । रासस
No related posts.
No comments:
Post a Comment