रत्ननगर (चितवन), १९ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको खुसीयालीमा उहाँको गृह जिल्ला चितवनमा आज साँझ दीपावली गरिएको छ ।
चितवनको भरतपुरमा माओवादीका केन्द्रीय सदस्य बाबुराम खरेल, प्रधानमन्त्रीको गाउँ शिवनगरमा नेता घनश्याम दाहाल र पूर्वी चितवनको रत्ननगरमा जिल्ला नेता रामध्वज डल्लाकोटीको नेतृत्वमा दीपावली गरिएको जिल्ला नेत्री निशा भट्टराईले जानकारी दिनुभयो ।
दीपावलीका क्रममा माओवादीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले एक आपसमा खुसी साटासाट गरेका थिए । रासस
No comments:
Post a Comment