काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि फ्रान्सेली राजदूत येम्स कारमोनासँग आज भएको भेटवार्तामा फ्रान्सले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै उसँगको मैत्री सम्बन्ध आगामी दिनमा थप प्रगाढ र मजबुत हुने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई मुलुकबीचको मैत्री सम्बन्ध र सहयोगका विभिन्न आयामका बारेमा कुराकानी भएको थियो ।
राजदूत कारमोनाले नेपाल फ्रान्सको असल मित्र भएकाले दुवै मुलुकले साझा हित र चासोका क्षेत्रमा काम गर्ने बताउनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment