काठमाडौँ, ७ भदौ । नेपाल इन्जिनियर्स एसोसिएसनको ३१औँ कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद्को सदस्यको निर्वाचनका लागि विभिन्न समूहले उम्मेदवारी घोषणा गरेका छन् ।
यही भदौ ३१ गते हुने प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूह, लोकतान्त्रिक इन्जिनियर्स समूह र नेपाल राष्ट्रिय इन्जिनियर्स समूह आआफ्नो उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका हुन् ।
अध्यक्षमा प्रगतिशील समूहबाट डा सुमित्रा अमात्य, लोकतान्त्रिक समूहबाट हरेराम श्रेष्ठ र राष्ट्रिय समूहबाट डा जगतकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको हो । प्रगतिशील समूहका उपाध्यक्षमा माधव कोइराला, महासचिवमा प्रदीप अधिकारी, उपमहासचिवमा खिमानन्द कँडेल र कोषाध्यक्षमा सञ्जीव रोकाहाको उम्मेदवारी घोषणा गरिएको छ ।
यसैगरी लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा उमाशङ्कर साह, महासचिवमा उमेशप्रसाद थानी, उपमहासचिवमा रविभूषण झा र कोषाध्यक्षमा सुसन वैद्य उम्मेदवार रहनुभएको छ । यस्तै राष्ट्रिय समूहबाट उपाध्यक्षका उम्मेदवारमा कृष्णभद्र अर्याल, महासचिवमा तारानाथ सापकोटा, उपमहासचिवमा गोकुल पौडेल र कोषाध्यक्षमा रामएकवल यादव हुनुहुन्छ ।
विसं २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार इन्जिनियर छन् । काठमाडौँलगायत देशभरिका ११ प्रमुख सहरमा एकै दिन निर्वाचन हुनेछ । रासस
No comments:
Post a Comment