Tuesday, August 9, 2016

प्रधानमन्त्रीसँग महासङ्घका प्रतिनिधिको भेट

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिले आज भेट गरेका छन् ।

महासङ्घका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेको प्रतिनिधिमण्डलले यातायात क्षेत्रमा देखिएका विभिन्न समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले पूर्वाधार विकाससँगै यातायात सेवालाई पनि गुणस्तरीय बनाउनुपर्ने भएकाले त्यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

समय सापेक्ष यातायात ऐन वैज्ञानिक ढङ्गले संशोधन गरी यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्रतिनिधिले माग गरेको थिए ।

अहिले यातायात ऐन २०४९ का आधारमा ऐन, नियम कानुन निर्माण भई लागू भएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts