Sunday, August 7, 2016

राष्ट्रिय युवा सम्मेलनको तयारी

काठमाडौँ, २३ साउन । राष्ट्रिय युवा परिषदले राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ ।

‘विश्व नेतृत्वमा युवा’ नाराका साथ यही साउन २६ गतेदेखि २८ सम्म काठमाडौँमा आयोजना गर्न लागिएको उक्त सम्मेलनमा ७५ वटै जिल्लाबाट एक–एक पुरुष र महिलाको सहभागिता रहने छ । परिषदका अध्यक्ष सरोज बानियाँका अनुसार सो सम्मेलनको उद्देश्य विभिन्न जिल्लामा छरिएर रहेका युवाको सोचमा परिवर्तन ल्याउने तथा उनीहरुभित्र लुकेर रहेको क्षमता पहिचान गर्ने रहेको छ ।

युवाको जोश र जागरलाई विकास निर्माणका काममा उपयोग गनु जरुरी छ,” उहाँले भन्नुभयो । बेरोजगारी, विदेश पलायन तथा तालिमको अभाव जस्ता मुद्दालाई सरकारले गम्भीरतापूर्वक नलिएको अध्यक्ष बानियाँको आरोप छ । ज्ञान र सीप अभिवृद्धि हुने खालका तालिम नदिइएका कारण बर्सेनि अधिकांश युवा विदेश पलायन भइरहेका उहाँको भनाइ छ ।

राष्ट्रिय युवा परिषदले लामो समयदेखि देशका विभिन्न जिल्लामा छरिएर रहेका युवालाई एकत्रित गर्ने तथा छलफलको माध्यमबाट उनीहरुमा ज्ञान र शीपको अभिवृद्धि गर्ने कार्य गर्दै आएको छ । परिषद्ले सन् २०१५ मा देशका ६८ जिल्लाका युवालाई भेला गराइ सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको पूर्वसन्ध्यामा रिपोर्टस क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बानियाँले ४० जिल्लाका युवासँग सहकार्य गर्दै आएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts