Sunday, August 7, 2016

नेविसङ्घका नेताद्वारा आमरण अनशन जारी

काठमाडौँ, २३ साउन । नेपाल विद्यार्थी सङ्घका नेताहरुले विधिवत् महाधिवेशनको माग गर्दै गरेको आमरण अनशन आज नवौँ दिनसम्म पनि जारी छ ।

विधानविपरीत ल्याइएको प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी काठमाडांैँ उपत्यकाका साथै अन्य जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्ने लगायत माग राखी दुई समूह छुट्टाछुट्टै अनशन बसेका छन् ।

नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसङ्घ रामेछापका पूर्वउपाध्यक्ष रत्नहरि ढुङ्गेल यही साउन १५ गतेदेखि तथा नेविसङ्घका अर्का नेता भोलानाथ शर्मा साउन २० देखि आमरण अनशनमा हुनुहुन्छ ।

पूर्व केन्द्रीय सदस्य सापकोटाले आफ्नो अनशन जारी रहेको राससलाई बताउनुभयो । सापकोटा यसअघि पनि विधानसम्मत महाधिवेशनको माग राखी नौ दिनसम्म अनशन बस्नुभएको थियो । नेविसङ्घको ११ औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts