Friday, August 12, 2016

निःशुल्क अकुपञ्चर शिविर सम्पन्न

भक्तपुर, २८ साउन । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पतालमा सञ्चालित तीनदिने वृहत अकुपञ्चरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ ।

कोरिया–नेपाल मैत्री अस्पताल र मोज् कोरियन मेडिसिन क्लिनिकले संयुक्तरुपमा आयोजना गरेको शिविरमा ३३५ जनाको अकुपञ्चरसम्बन्धी स्वास्थ्य जाँच गरेको अस्पतालमा निर्देशक डा. डिके रौशनले जानकारी दिनुभयो ।

शिविरका लागि कोरियाबाट आएका ३६ जनाको कोरियन चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरेको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts