Friday, August 12, 2016

बुद्धिसागर न्यूजिल्यान्डका लागि पर्यटन दूत

बेसीसहर (लमजुङ), २८ साउन । लमजुङ सदरमुकाम बेसीसहर स्थायी घर भएका लमजुङे युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त हुनुभएको छ ।

नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो । ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म लागू हुनेगरी घिमिरेलाई बोर्डले दुई वर्षका लागि दूतमा नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजीमा स्नातकोत्तर गर्नुभएका घिमिरेले बेलायतबाट वातावरण विज्ञानमा समेत एमफिल गर्नुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ न्यूजिल्यान्डको कार्यसमितिमा दुई कार्यकाल काम गरिसक्नुभएका घिमिरेसँग नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाली नाइटलगायत विभिन्न कलचरल इभेंन्टहरु आयोजना गरेको अनुभव छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts