Wednesday, August 24, 2016

राष्ट्रिय एकता, सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सर्वाेपरि हितलाई केन्द्रमा राखेर मुलुकको राष्ट्रिय एकता, सुरक्षा र आर्थिक कूटनीतिलाई सुदृढ तुल्याउनुपर्नेमा जोड दिनुभएकोे छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा तालिमरत कूटनीतिक सेवाका शाखा अधिकृतसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक शिष्टाचार भेटमा उहाँले सार्वजनिक सेवाका सबै निकायले सेवा भावले जनताका काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय स्वाभिमानलाई शिरमा राखेर उच्च नैतिक आचरणका साथ कार्यसम्पादन गर्न र कूटनीति क्षेत्रलाई सबल एवम् सक्षम बनाउन दत्तचित्त भएर लाग्न तालिमका सहभागीलाई निर्देशन दिनुभयो ।

जनमुखी निजामती प्रशासन नारामा होइन व्यवहारमा उतार्नु आजको आवश्यकता भएको राष्ट्रपतिले बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.पन्नाकाजी अमात्यले प्रतिष्ठानको परिचय प्रस्तुत गर्दै अधिकृतहरुलाई प्रदान गरिएको सेवाकालीन प्रशिक्षणका विषयवस्तुबारे जानकारी गराउनुभयो ।

तीनमहिने उक्त तालिममा कूटनीतिक सेवाका ११ जना अधिकृत सहभागी थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts