काठमाडौँ, ६ भदौ । नेपाल टेलिकमले ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिङ्कको पहुँच विस्तार गरेको छ ।
यही भदौ ४ गतेदेखि ७५ जिल्लामा माइक्रोवेभ रेडियो लिङ्क पहुँच पु¥याई सेवा उपलब्ध गराउन थालिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । त्यसअघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पाका सदरमुकाममा स्याटेलाइट प्रविधिमार्फत सेवा उपलब्ध गराइँदै आएकामा सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति थियो ।
माइक्रोवेभ लिङ्क स्थापनापछि १७० एमविपिएसको लिङ्कमार्फत ल्यान्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडिएसएल, टुजी र इभ्डो इन्टरनेट सेवाको तथ्याङ्क क्षमतामा उल्लेख्य सुधार हुने टेलिकमको जिकिर छ । साथै भविष्यमा थ्रिजी । वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिनेछ । यसबाट विशेषगरी कर्णालीवासी उपभोक्ताले अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा गरिएको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टेलिकमका अनुसार विसं २०७३ भदौ ४ गते कम्पनीले ७५औँ जिल्लाका रुपमा हुम्लाको सिमीकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालिएको हो । यसअघि गत असार २१ गते डोल्पा र त्यसअघि मुगुमा माइक्रोवेभ रेडियो लिङ्कको पहुँच पु¥याइएको थियो ।
कम्पनीले धेरै पहिलेदेखि नै ७२ जिल्लामा माइक्रोवेभ रेडियो लिङ्क मार्फत सेवाको पहुँच पु¥याइरहेकामा भौगोलिक विकटता समेतका कारण उल्लिखित तीन जिल्लामा माइक्रोवेभ रेडियो लिङ्क मार्फत सेवा उपलब्ध गराउनु एउटा महत्वाकाङ्क्षी योजनाका रुपमा थियो । ती जिल्लामा माइक्रोवेभ रेडियो लिङ्कमार्फत सेवा उपलब्ध गराउने कार्यलाई सूचना प्रविधिको क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गाका रुपमा हेर्न सकिने प्रवक्ता वैद्यले बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment