रसुवा, ६ भदौ । वर्षाका कारण पहिरो गई केरुङतर्फ रोकिएका मालवाहक कन्टेनर नेपाल भित्र्न थालेका छन् ।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार रसुवागढी–केरुङबीचको भागमा अवरुद्ध सडक चिनियाँ पक्षले सञ्चालनमा ल्याएपछि सामान बोक्न केरुङ गएका कन्टेनर फिर्ता आउने क्रम सुरु भएको हो ।
अहिलेसम्म करिब दुई सय मालवाहक कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र १४ वटा कन्टेनरको आजै भन्सार जाँचपास भएको बताइएको छ । चीनबाट आयातित सामानमा तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, इलेक्ट्रोनिक्स सामान, खेलौनालगायत विविध सामग्री रहेको बताउँदै भन्सार अधिकृत पनेरुले चालु आवको साउनदेखि हालसम्म रु २० करोडभन्दा बढी राजस्व असुली भएको जानकारी दिनुभयो । रासस
No related posts.
No comments:
Post a Comment