Friday, August 5, 2016

सङ्घीयताले राष्ट्रियता फुटाउने आशङ्का

काठमाडौँ, २१ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले राष्ट्रियता फुटाउने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा पार्टी काठमाडौँले आयोजना गरेको कार्यक्रममा पूर्वउप्रधानमन्त्री केसीले अहिले सिङ्गो देशलाई सम्हाल्न नसकिरहेको बेला सात प्रदेशलाई सम्हाल्न नसकी देश थप सङ्कटमा पर्ने बताउनुभयो ।

अध्यक्ष केसीले माओवादीले आफूले १० वर्षसम्म नेपालमा गरेको युद्धको अन्तर्राष्ट्रिय अदालतमा पुग्ने डरले आफ्नो हातमा सत्ता लिएको टिप्पणी गर्दै एक न एक दिन सजायको भागीदार बन्नुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts