कठमाडौं, २१ साउन । काठमाडौँ महानगरपालिका–३० मासङगल्लीस्थित सडकमा पहिचान खुल्न नसकेका एक व्यक्ति आज मृत फेला परेका छन् ।
यस्तै दक्षिणकाली नगरपालिका–५ चाल्नाखेलस्थित एभरेस्ट ग्यास उद्योगमा भारतबाट ग्यास बुलेट लिएर आएका चालकको मृत्यु भएको छ । बुलेट चालक भारत जम्मुकास्मिर मोहनपुरका श्यामदास शर्माको बेहोस भएर आज उद्योगमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैगरी हतपते गाविस–५ कामिशिखर खयर भन्ज्याङका विष्णुबहादुर अछामी मगरको आज घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस
No comments:
Post a Comment