काठमाडौँ, २२ साउन । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको विधिवत्रुपमा सम्पन्न हुनुपर्ने माग गर्दै आमरण अनशन बसेका विद्यार्थी नेताहरू गणेश सापकोटा र रत्नहरि ढुङ्गेलको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।
“आज बिहान ३ बजेदेखि अचानक अनशनरत विद्यार्थी नेताहरुको उच्च रक्तचाप र मिर्गौलामा समस्या देखिएपछि बागबजारस्थित काठमाडौँ मोडेल अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ”–अनशनरत विद्यार्थीका तर्फबाट आज जारी विज्ञप्तिमा भनिएको छ । उनीहरू आठ दिनदेखि नेपाली कांँग्रेसको केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बस्दै आएका छन् ।
विज्ञप्तिमा भनिएको छ–“हाम्रा माग पूरा नहुन्जेलसम्म अस्पतालको श्ययाबाटै सङ्घर्ष गर्ने र आमरण अनशन नतोडी विधि विधानको पक्षमा अन्तिम समयसम्म दृढतापूर्वक सङ्घर्ष गर्ने प्रतिबद्धता गर्दै सम्पूर्ण लोकतन्त्रप्रेमी आमसमुदाय, नागरिक समाज र सञ्चारजगत्समक्ष सहयोगका लागि अपिल गर्दछौँ ।” रासस
No comments:
Post a Comment