Saturday, August 6, 2016

कालीकोटमा एक महिला बेपत्ता, एकको मृत्यु

कालीकोट, २२ साउन । जिल्लाको थिर्पु गाविसमा कर्णाली नदीमा बगेर एक महिला बेपत्ता भएकी छन् भने सदरमुकाम मान्ममा एक महिलाले आत्महत्या गरी मृत्यु भएको छ ।

थिर्पु गाविस–४ निवासी २५ वर्षीया मेघा बम नदीले बगाएर ल्याएको दाउरा निकाल्न जाने क्रममा बम नदीले बगाएर बेपत्ता भएकी हुन् । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय थिर्पु र स्थानीयवासी लागिपरेको भए पनि शव नभेटिएको स्थानीयवासी करवीर विकले बताएका छन् ।

थिर्पु गाविसमा बर्सेनि दाउराका लागि नदीको भर पर्नुपर्ने अवस्थाका कारण बर्सेनि बगेर मृत्यु हुने गरेको छ । त्यसैगरी मान्म–४ निवासी मङ्गला बरालले घाँटीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार सदरमुकाम नजिकैको सुनार खोलाको जङ्गलमा रुखमा घाँटीमा डोरी लगाएर झुन्डिएर मरेको अवस्थामा शव भेटिएको बताइएको छ ।

बरालको आत्महत्या के कति कारणले भएको हो भन्ने कुरा थाहा नभएकाले अनुसन्धानपछि जानकारी हुने र शव परीक्षणपछि मात्र दाहसंस्कार गर्न जिल्ला अस्पतालमा राखिएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts