रत्ननगर (चितवन), २२ साउन । नारायणी नदीमा पौडी खेल्न गएका दुई युवा नदीमा डुबेर बेपत्ता भएका छन् ।
आज साँझ करिब ७ः१५ बजेको समयमा साथीहरुसँगै पश्चिम चितवनको शिवघाटस्थित नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार बेपत्ता हुनेमा चितवनको नारायणगढस्थित बेलचोक बस्ने २३ वर्षीय दीपक काफ्ले र धनगढी घर भई चितवन बस्दै आएका सोही उमेरका पुकार खरेल रहेका छन् ।
छजना सँगै गएकामा चारजना फर्किएको र दुईजना बेपत्ता भएको जानकारी आएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो । अहिले सो क्षेत्रमा प्रहरी टोली परिचालन गरेर खोजी भइरहेको उहाँको भनाइ छ । रासस
No comments:
Post a Comment