काठमाडौँ, २२ साउन । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा बृहत् मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ ।
नेवि सङ्घका अध्यक्षका उम्मेदवार शुभराम बस्नेतको नेतृत्वमा आज मोटरसाइकल ¥यालीको आयोजना गरिएको हो । ¥यालीमा देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिको उल्लेख्य सहभागिता थियो ।
¥यालीपश्चात् आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार शुभराम बस्नेतले अत्यन्त निष्पक्ष ढङ्गबाट महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेवि सङ्घको महाधिवेशन भोलि आइतबारदेखि राजधानीमा सुरु हुँदैछ । रासस
No related posts.
No comments:
Post a Comment