Friday, August 19, 2016

नेविसङ्घको नयाँ समितिद्वारा शीर्ष नेतासँग भेटघाट

काठमाडौँ, ३ भदौ । नेपाल विद्यार्थी सङ्घको नवनिर्वाचित केन्द्रीय समितिले नेपाली काँग्रेसका शीर्ष नेतासँग भेटघाट गरेको छ ।

नैनसिंह महर नेतृत्वको नयाँ समितिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायत नेतालाई भेटेको हो । भेटघाटका क्रममा नेताहरुले नयाँ कार्यसमितिलाई बधाई दिनाका साथै महाधिवेशन सम्पन्न भएकामा सन्तोष व्यक्त गर्नुभएको नवनिर्वाचित महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनुभयो ।
वरिष्ठ नेता पौडेलले महाधिवेशनमा हुने हारजितलाई स्वाभाविक रुपमा लिन सुझाव दिँदै गुटउपगुटभन्दा माथि उठेर सङ्गठन हाँक्न निर्देशन दिनुभयो । महामन्त्री डा कोइरालाले व्यक्तिगत स्वार्थलाई त्याग्न आग्रह गर्नुभयो ।

नेता सिटौलाले महाधिवेशनबाट नयाँ समिति गठन भएपछि पार्टीलाई आडभरोसा थपिएको बताउनुभएको थियो । सङ्घको नयाँ कार्यसमितिले पार्टी सभापति शेरबहादुर देउवालाई भने निर्वाचित भएकै दिन बिहीबार बेलुका भेटेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts