काठमाडौँ, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधान कार्यान्वयनमा असहज स्थिति देखा परेको र संवैधानिक दुर्घटना हुन सक्ने खतरा रहेकाले आउँदो मङ्सिरभित्र स्थानीय तहको चुनाव गर्न माग गरेको छ ।
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले सरकार परिवर्तनपछि स्थानीय निर्वाचन र स्थानीय निकाय सिमाना तथा सङ्ख्या निर्धारण आयोगको सम्बन्धमा देखा परेको विवाद र अन्योलतालाई अन्त्य गर्न माग गरेको हो ।
स्थानीय तहको पुनःसंरचना गर्दा संविधानको भावना तथा जनताको चाहनाका साथै स्थानीय सरकारको अवधारणाअनुरुप हुनुपर्ने बैठकले माग गरेको छ । देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै स्थानीय तहको सङ्ख्या न्युनतम गर्न सुझाव दिइएको छ ।
अन्तर्राष्ट्रिय धर्मसभा आउँदो कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment