Saturday, August 20, 2016

देश र जनताको हितमा काम गर्छौं : उपाध्यक्ष शाक्य

काठमाडौँ, ४ भदौ । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी सशक्त प्रतिपक्षको भूमिकामा रहेर देश र जनताको हितमा काम गर्ने बताउनुभएको छ ।

बाँके–काठमाडाँै सम्पर्क मञ्चले शनिबार आयोजना गरेको हरितालिका तीज विशेष कार्यक्रममा बोल्दै उहाँले एमाले प्रतिपक्षमा रहेर देश र जनताको काम गर्ने बताउनुभयो ।

उपाध्यक्ष शाक्यले महिलाको स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनमा एकतिहाइ प्रतिनिधित्व हुनुपर्ने भन्दै संविधानले नै महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको हुनाले दलहरुले महिला छैनन् भनेर अरुलाई सहभागिता गराउन नपाइने बताउनुभयो ।

उहाँले अहिले तीज मनाउने शैली सामन्ती भएको चर्चा गर्दै अब तीज मनाउने शैलीमा सांस्कृतिक रुपान्तरण आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा सांसद दलबहादुर सुनार, देवराज भार, साविया प्रविण अन्सारीको उपस्थिति रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts