Friday, August 12, 2016

करेन्ट लागेर दुईको मृत्यु ,पाँच लाख क्षतिपूर्ति

महेन्द्रनगर (धनुषा), २८ साउन । धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । गएराति ११ हजार भोल्ट प्रवाह भएको बिजुलीको तार शरीरमा खस्दा करेन्ट लागेर जनकपुर उपमहानगरपालिका–२० देवपुरारुपैठाका ३२ वर्षीय मुरारी साह र १२ वर्षीय बालक सुरज महतोको मृत्यु भएको हो ।

बालक सुरज महतो आफ्नो घरको अगाडि अचानक बिजुलीको तार ‘सर्टसरर्किट’ भएर शरीरमा झरेको र उक्त बच्चालाई बचाउन जाने क्रममा मुरारीलाई पनि करेन्ट लागेको स्थानीयवासीले जानकारी दिएका छन् ।

विद्युत् प्राधिकरणको लापर्बाहीले अत्यधिक भोल्ट प्रवाह भई तार खस्दा त्यस्तो घटना भएको भन्दै पीडित परिवार र स्थानीय वासिन्दाले आज दिनभरि क्षतिपूर्तिको माग गर्दै शव उठ्न नदिइ सडक जाम गरेर प्रदर्शनमा उत्रेका थिए ।

आज दिउँसो स्थानीय प्रशासन, प्रहरी, विद्युत् प्राधिकरण लगायतका प्रतिनिधि र पीडित परिवार तथा गाउँका अगुवाबीच मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमतिपश्चात् शव उठाइएको छ ।
मृतक परिवारलाई जनही रु पाँच÷पाँच लाख दिने, तत्काल किरिया खर्चस्वरुप रु २५÷२५ हजार उपलब्ध गराउने र मृतकका परिवारलाई विद्युत् प्राधिकरणमा स्थायी जागिरका लागि माथिल्लो निकायमा पहल गर्ने लगायतको सहमति भएको विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरका प्रमुख जितेन्द्र झाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts