Friday, August 12, 2016

भिरबाट लडेर महिलाको मृत्यु

बैतडी, २८ साउन । भिरबाट लडेर बैतडीको डिलासैनीमा आज सांझ एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डिलासैनी–१ की ५५ वर्षीया सुर्मादेवी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।

सुर्मादेवीको घर नजिकै पल्लादेही भिरबाट खसेर मृत्यु भएको हो । बिहान बाख्रा चराउन गएकी सुर्मादेवी दिउँसोसम्म घर नफर्केपछि घर परिवारले खोजतलास गर्दा सांझ ६ः३० बजे पल्लादेही भिरबाट खसेर चौलानी नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीको टोली अहिले घटनास्थल तर्फ गएको र टोली घटनास्थल पुगेपछि थप विवरण आउने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts