Friday, August 5, 2016

चट्याङ लागेर बालिकाको मृत्यु

बैतडी, २१ साउन । बैतडीको श्रीकोटमा चट्याङ लागेर आज साँझ १३ वर्षीया एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा श्रीकोट–३ का उद्धवसिंह भाटकी छोरी मञ्जु भाट रहेको खोचलेकका प्रहरी सहायक निरीक्षक करनसिंह धामीले जानकारी दिनुभयो ।

चट्याङ लागेर बालिकाको मृत्यु भएको स्थानीय सुरेन्द्र भाटले राससलाई जानकारी दिनुभयो ।

खोचलेक प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक करनसिंह धामीको नेतृत्वको एक प्रहरी टोली घटनास्थलतर्फ गएको छ । मृतक बालिका सनातन धर्म उमावि खोचलेकमा कक्षा ९ मा अध्ययनरत थिइन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts