काठमाडौँ, २१ साउन । युवा कवि भूपिन त्रिवि कीर्तिपुरका शिक्षक, विद्यार्थी र अन्य कविताप्रेमीबीच प्रस्तुत हुनुभएको छ ।
विमर्श युवा प्रतिष्ठानको निम्तोमा आयोजित कार्यक्रमम भूपिनले आफ्ना पुराना, नयाँ र अप्रकाशित गरी करिब डेढ दर्जन कविता सुनाउनुभयो । विमर्शका महासचिव कमल चौँलागाईंसँगको बिहीबारको संवादमा उहाँले आफ्नो काव्यिक जीवनका विभिन्न घुम्ती र मोडहरूलाई स्मरण गर्दै आफूले अबका दिनमा अन्य विधामा कलम चलाए पनि कवितालाई कहिल्यै छाड््न नसक्ने बताउनुभयो । उहाँले अबको कविताको जिम्मेवारी नयाँ छिमलका कविका हातमा रहेको तर्क दिनुभयो ।
कार्यक्रममा भूपिनका कवितामाथि टिप्पणी गर्दै युवा समालोचक महेश पौड्यालले भूपिनको कविता संरक्षण कविता आन्दोलनसँग जोडिएर वातावराणीय चेतलाई सँगाल्दै आजसम्म आइपुग्दा देश र अफूले बाँचेको समयलाई समाएर अगाडि बढिरहेको बताउनुभयो । पहाड र तराईलाई जोड्ने नारायणगढको मिश्रित संस्कृतिमा हुर्कनुभएका भूपिनको कविता चिन्तन, कथ्य र भाषाका दृष्टिले बहुसांस्कृतिक शैलीको भएको उहाँले तर्क दिनुभयो ।
कवि केशव सिग्देलले भूपिनको कवितामा स्थानीय संस्कृतिको प्रभाव बलियो देखिने गरेको बताउनुभयोे । सञ्चारकर्मी भूपेन्द्र खडकाले आफूले भूपिनको कवितामा असामान्य शक्ति देखेकै कारण उनको कृति प्रकाशन गरेको जानकारी दिनुभयो । प्रतिष्ठानका सभापति किरण भट्टले भूपिनजस्तै अन्य अब्बल प्रतिभासँग विमर्श जारी राख्ने बताउँदै आगामी भदौ ३ गते झापाको दमकमा काव्योत्सवको तयारी भइरहेको जानकारी दिनुभयो । प्रतिष्ठानका कोषाध्यक्ष प्रेमबहादुर लामाले भूपिनलाई पाएर आफूहरू पुलकित भएको जिकिर गर्नुभयो । रासस
Friday, August 5, 2016
त्रिविमा भूपिन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment