Wednesday, August 10, 2016

चिकित्सकको टोली सप्तरी जाँदै

काठमाडौँ, २६ साउन । बाढीपहिरोबाट पीडित जनताको स्वास्थ्य उपचारका लागि वरिष्ठ चिकित्सकको टोली सप्तरी जिल्ला जाने भएको छ ।

लामो समयदेखि परेको अविरल वर्षाका कारण सप्तरीवासीको स्वास्थ्य उपचारका लागि डा भोला रिजाल नेतृत्वको विशेषज्ञ टोली आगामी शुक्रबार सप्तरी जाने तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको समन्वयमा १५ जनाको टोलीले सप्तरीको तिलाठी गाविसको रम्पुरामल्हनियाँ, सकरपुरा, बेल्ही गाउँका बिरामीको स्वास्थ्य उपचार गर्ने वरिष्ठ चिकित्सक तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा अनिलकुमार झाले जानकारी दिनुभयो ।

सो क्षेत्रका स्थानीयवासीमा विशेषगरी ज्वरो आउने, कान दुख्ने, आँखा पाक्ने, झाडापखालालगायत बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा समस्या देखिएको हो ।

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने स्वास्थ्य परीक्षणमा स्त्रीरोग विशेषज्ञ डा रिजाल, डा झा, डा रमेशप्रसाद सिंह, डा नीरज पन्तसहितको टोली सहभागी हने छ ।

स्वास्थ्य उपचारका क्रममा बिरामीको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएमा काठमाडौँमा ल्याई निःशुल्क शल्यक्रिया गर्ने योजना रहेको डा झाको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts