Thursday, August 11, 2016

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २७ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनको हुगे प्रान्तस्थित पावर प्लान्टमा विस्फोट हुँदा २१ को मृत्यु र पाँच जना घाइते भएको घटनाले आफूलाई दुःखित र मर्माहत बनाएको बताउनुभएको छ ।

आज एक शोक विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री देउवाले विस्फोटमा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै चिनियाँ सरकारमार्फत सम्पूर्ण शोकाकूल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts