काठमाडौँ, ६ भदौ । टर्कीमा भएको आत्मघाती घटनाप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी टर्कीको घाजियान्टेप सहरमा विवाह समारोहमा आत्मघाती आक्रमण हुँदा ५० जनाको मृत्यु तथा ९० जना घाइते भएकामा दुःख व्यक्त गर्दै विश्वको जुनसुकै मुलुकमा हुने मानवताविरुद्धका घटनाको घोर निन्दा र भत्र्सना गरिने जनाएको छ ।
काँग्रेसले आतङ्कवाद सदाका लागि अन्त्य गरिनुपर्ने जनाउँदै घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलिका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस
No comments:
Post a Comment