Monday, August 22, 2016

संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन मोर्चाको आग्रह

काठमाडौँ, ६ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ ।

मोर्चाको आज बसेको सचिवालय बैठकले मधेस आन्दोलनका क्रममा साहदत प्राप्त गरेका तर सहिद घोषणा गर्न बाँकी रहेकाको अभिलेख तयार गर्ने निर्णय गरेको छ ।

बैठकले आन्दोलनका क्रममा घाइते तथा कार्यकर्तामाथि चलाइएका झुठा मुद्दा र क्षतिको समेत अभिलेख तयार गरी शीर्ष नेतालाई यही भदौ ८ गतेसम्म बुझाउने निर्णय गरेको मोर्चाका नेता एवम् सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

यही भदौ ८ गते शीर्ष तहका नेताका बीचमा शीर्ष बैठक बस्ने पनि निर्णय भएको मोर्चाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts