Wednesday, August 3, 2016

तापेथोकका पहिरो प्रभावितलाई काँग्रेसद्वारा सहयोग

ताप्लेजुङ, १९ साउन । गत साउन १ गते गएको पहिरोका कारण विस्थापित तापेथोकका पहिरो प्रभावित परिवारलाई नेपाली काँग्रेसले राहतस्वरुप रु एक लाख २४ हजार नगद प्रदान गरेको छ ।

पहिरोले तापेथोकको सोत्लिमा गाउँ नै जोखिममा परेपछि त्यहाँबाट सुरक्षित स्थानमा सारिएका १२ घर परिवारलाई नेपाली काँग्रेस गाउँ कार्यसमिति लेलेप र तापेथोकले संयुक्त रुपमा राहत रकम प्रदान गरेका हुन् । पहिरोबाट बच्नका लागि पहिरो गएका समयमा भाग्नेक्रममा बेपत्ता भएकी मनिता राईको परिवारलाई रु ५० हजार ३०० र विस्थापित अन्य ११ परिवारलाई पाँच हजार ८०० का दरले कुल रु एक लाख २४ हजार ७६५ प्रदान गरिएको तेञ्जिङ शेर्पाले जानकारी दिनुभयो ।

लेलेपका तेञ्जिङ शेर्पा र तापेथोकका दावा छिरिङ शेर्पालगायत अन्य कार्यकर्ताको सक्रियतामा सङ्कलित उक्त रकम आज लेलेपको सेखाथुममा प्रदान गरिएको हो । त्यस्तै बालुङ उत्थान समाजले पीडितलाई एक÷एक थान त्रिपाल र कम्बल प्रदान गरेको जनाइएको छ ।

पहिरोले उनीहरुको घर नै जोखिममा पारेपछि पहिरो झरेको केही दिनपछि नै जिल्ला विपद् व्यवस्थापन समितिले सोत्लिमाको माथिल्लो सुरक्षित क्षेत्रमा अस्थायी आवास निर्माण गरी स्थानान्तरण गरेको थियो । उनीहरु अहिले पनि अस्थायी आवासमा बस्दै आएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts