Friday, August 5, 2016

शिवानी एअर रेटिङ चेस प्रतियोगिता हुने

काठमाडौ । ललितपुर जिल्ला खेलकुद विकास समिति र  ललितपुर स्पोर्ट्स क्लबको संयुक्त अायोजनामा यही भदौ ५ देअि ८ गतेसम्म शिवानी एअर रेटिङ चेस प्रतियोगिता हुने  भएको छ।
ललितपुर जिल्ला खेलकुद विकास समितिको हलमा हुने प्रतियोगितामा कूल १ लाख २५ हजार नगद पुरस्कार रहेकोछ। जस अनुसार विजेता प्रथमलाई २५  हजार , दोस्रोलाई १५ हजार , तेस्रोलाई १० हजार, चौथोलाई ७ हजार र पाँचौलाई ५ हजार रहेको छ भने छैटौंदेखि दशौसम्मलाई जनहि ३ हजार प्रदान गरिनेछ। त्यसैगरी विध्यालयका छात्र छात्रातर्फ उत्कृष्ट ५ जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएकोछ।
प्रतियोगिता संचालन गर्न कूल साढे चार लाख खर्च लाग्ने प्रतियोगितामा उपत्यका बाहिरबाट अाउने खेलाडीहरुलाई अाबासको व्यवस्था गरिएको छ।
शिवानी एअर लाईन्सका प्रबन्धक मनिन्द्रलाल रन्जितकारले नगद पुरस्कार प्रायोजन गर्नु भएको छ भने स्वीश लिग प्रणालीमा नवौं चरणसम्म हुने खेलको संचालन अन्तर्राष्ट्रिय अार्विटर बिदुर प्रसाद गौतमले गर्नेछ। प्रतियोगितामा  २००० मुनि रेटेडका ८0 जना खेलाडीहरुको सहभागीता रहनेछ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts