काठमाडौँ । मनाङ मर्स्याङ्दी आर्चरी क्लबले पाँचौ खुला रनिङशिल्ड तारा खेल(धनुषवाण) प्रतियोगिताको उपाधि जितेको छ ।
थकाली सेवा समितिमा शुक्रबार बेलुका कृतिम प्रकाशमा सम्पन्न १० डोरको टिम स्पर्धामा मनाङले १२० अंकमा कुल १११ अंक प्राप्त गदै उपाधि चुमेको हो । मनाङले ९ डोरको खेल समाप्तीसँगै ९९ अंक जोड्दा उपबिजेता बनेको म्याग्दी मगर समाज एले १०० अंक जोडेको थियो ।
१ अंकको अग्रता लिएर अन्तिम डोर प्रहार गरेको म्याग्दी मगर समाजको ३ सर निशानाबाट चुके पछि कुल योगफल १०९ बनेको थियो । अन्तिम डोरमा म्याग्दीका प्रेम पुन,झक पुर्जा र हरि पुनको एक–एक प्रहार चुक्दा मनाङले ११० को बिजय लक्ष्य पाएको थियो ।
९ औं डोरमा ९९ अंक बनाएको मनाङ मस्र्याङ्दी आर्चरी क्लबलाई जितका लागि अन्तिम डोरमा ११ अंक जोड्नै पर्ने बाध्यता थियो । कप्तान नर्वु गुरुङको नेतृत्वमा निशानाका लागि उत्रिएको मनाङका ६ खेलाडिले नै उत्कृष्ट प्रदर्शन गरे । उनीहरुले अन्तिम डोरका लागि सतप्रतिसत निशाना लगाउदै कुल योगफल १११ बनाए । मनाङको जितमा प्रेम थापा र कमल पुर्जाले अचुक निशाना लगाउदै समान २०–२० अंकको योगदान दिएका थिए ।
ठागु गुरुङले एक अकं गुमाउदै १९ अकंको योगदान दिए । मनाङकै लागि धावन नोर्बु गुरुङले २ अंक गुमाउदै १८ अंक तथा अजय शेरचन र केश पुर्जाले ३–३ अंक गुमाउदै समान १७ अकंको योगदान दिएका थिए । मनाङका प्रेम थापाले टिम स्पर्धाको सर्वोकृष्ट धनुषधरको उपाधि जिते । उनले २० अंक हासिल गर्ने अन्य ४ खेलाडिलाई पछि पादै उपाधि चुमेका थिए । ब्यक्तिगततर्फ बिशिष्ट धनुषधरको उपाधि आयोजक थासाङका मिन गौचनले जितेका थिए ।
त्यस्तै उपबिजेता टिम म्याग्दी मगरका लागि काजीमान रोक्काले सबै प्रहार जोगाउदै सर्बाधिक २० अकं बटुलेका थिए । मन प्रसाद पुनले १९ अंक जोड्दा प्रेम पुन, भूपेन्द्र पुन र हरि पुनले २–२ सर खेर फाल्दै समान १८ अंकको योगदान दिए । म्याग्दीकै लागि झक पुनले १६ अकं जोडेका थिए । नेपाल छन्त्याल संघ १०७ अंक सहित तेश्रो स्थानमा रह्यो ।
बिजेताले नगद २० हजार,उपबिजेताले १५ हजार र तेश्रोले १० हजार नगद,शिल्ड,मेडल प्राप्त गरे । बिजेता टिमलाई थकाली सेवा समिति केन्द्रिय अध्यक्ष कृष्णकुमारी शेरचनले पुरस्कृत गरिन् ।
Friday, August 5, 2016
मनाङ मर्स्याङ्दीले जित्यो उपाधि
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment