Monday, August 15, 2016

नेविसङ्घको विवाद मिल्यो, बुधबार मतदान हुने

काठमाडौँ, ३१ साउन । नेपाल विद्यार्थी सङ्घको ११आँै महाधिवेशनको प्रतिनिधिका बारेको विवाद मिलेको छ ।

फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेविसङ्घका प्रवक्ता युपी लामिछाने जानकारी गराउनुभयो । नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि रहेको भनी असहमति जनाइएको थियो ।लामिछानेका अनुसार विवाद मिलेपछि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।

अब मङ्गलबार गर्ने भनिएको मतदान बुधबार हुने र उम्मेदवारको मनोनयनको समय थप गरिएको छ । उहाँका अनुसार उम्मेदवारको मनोनयन मङ्गलबार बिहान ११ बजेसम्म राखिएको छ । यही साउन २३ गते भृकुटीमण्डपमा उद्घाटनपछि महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts