Saturday, August 6, 2016

खोलाले बगाउँदा बालक बेपत्ता

बैतडी, २२ साउन । जिल्लाको सलेना गाविसमा खोलाले बगाउँदा आज दिउँसो एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दुर्गास्थान गाविस–२ का भरतराम ओडका १४ वर्षीय छोरा यसपन्त ओड रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले राससलाई जानकारी दिनुभयो ।

यसपन्त सलेनामा मामाघर आएका बेला दिउँसो सलेना–१ मा रहेको बागगोठ खोलामा पौडी खेल्न गएको बताइएको छ ।

बेपत्ता बालकको खोजी भइरहेकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts