Saturday, August 6, 2016

सप्तरीका बाढीपीडितको उपचारमा डा केसी

राजविराज, २२ साउन । सप्तरीका बाढीपीडितलाई आज डा गोविन्द केसीले निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ ।

जिल्लाको तिलाठी गाविसका बाढीपीडितलाई स्थानीय राप्रावि विद्यालयको प्राङ्गणमा उहाँले निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको हो ।

सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँका १०० भन्दा बढी बाढीपीडितलाई हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गर्नुभएको बताइएको छ ।

डा केसी आफँै विभिन्न औषधि, फलफूललगायतका सामग्री बोकेर सो ठाउँमा जानुभएको थियो ।

सरकारले स्वास्थ्य क्षेत्रमा दिइरहेको सेवा ग्रामीण भेगका जनतामा पुग्न नसकेको गुनासो गर्दै डा केसीले बाढी प्रभावित क्षेत्रमा आफूले मानवताका आधारमा सेवा गर्न आएको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा देखिएका बेथितिविरुद्ध पटकपटक सत्याग्रह गर्नुभएका प्रा डा केसी बाढीपीडितको उपचारका लागि आज सप्तरी आइपुग्नुभएको बताइएको छ ।

यसैबीच डा केसीले गरिब बालबालिकाका लागि शिक्षामा पहुँच हुनुपर्ने माग गर्दै गरिराख्नुभएको सङ्घर्षप्रति उच्च सम्मान गर्दै तिलाठीका युवाले उहाँलाई आज सम्मानसमेत गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts