Monday, August 29, 2016

गुणस्तरीय उत्पादनमा जोडदिनुपर्ने : राज्यमन्त्री तामाङ

काठमाडौँ, १३ भदौ । कृषि राज्यमन्त्री राधिका तामाङले कृषि उत्पादन हानिकारण भए मानव स्वास्थ्य प्रभावित हुने बताउनुभएको छ ।

गुडविल हेल्थ केयरको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले कृषि उत्पादन हानिकारण भए मानव जीवनमा गम्भीर असर पर्ने भएकाले कृषि उत्पादन गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – “आजभोली कृषिजन्य उत्पादनमा विषादीको प्रयोग तीव्र रुपमा बढिरहेको छ । यसले मानिसको स्वास्थ्यलाई गम्भीर असर पारिरहेको छ ।’’

श्रमजीवि ट्रेड युनियन महासङ्घ नेपालका अध्यक्ष रामबहादुर तामाङले सरकारले स्वास्थ्य सेवालाई निःशुल्क बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “गरिब, मजदुर, किसानवर्गले महँगो खर्च गरेर उपचार गर्न नसकेर अकालमा ज्यान गुमाउनुपरेको छ । यस विषयमा सरकार गम्भीर हुन सकेको छैन ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts