Thursday, August 11, 2016

‘कालाबजारीलाई कडा कारबाही’

काठमाडौँ, २७ साउन । नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पदबहालीपछि आज मन्त्रालयका कर्मचारीलाई निर्देशन दिने क्रममा उहाँले बजार अनियन्त्रित भएकै कारण जनता महँगीको मारमा परेको बताउँदै जनताको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने कामलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
नवनियुक्त भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले पनि आजै पदबहाली गर्नुभएको छ ।
सो अवसरमा मन्त्री पाण्डेले नेपालमा भूमि तथा जमिनको व्यवस्थित वितरण हुन नसकेकाले त्यसको उत्पादकत्वमा ह्रास आएको बताउँदै भूमिको क्षेत्रलाई व्यवस्थित गर्न विज्ञको सुझाव लिइने जानकार दिनुभयो । पाण्डे राप्रपाका नेता हुनुहुन्छ ।
यसैबीच नवनियुक्त जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले पनि आज पदबहाली गर्दै राष्ट्रसेवक कर्मचारीलाई जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts